चर्चित निर्माता एवं निर्देशक रेशराज आचार्यको निधन
काठमाडाैं, फागुन ५ : नेपाली चलचित्र जगतका चर्चित निर्माता एवं निर्देशक रेशराज आचार्यको निधन भएको छ।उनको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयाघातका...
काठमाडाैं, फागुन ५ : नेपाली चलचित्र जगतका चर्चित निर्माता एवं निर्देशक रेशराज आचार्यको निधन भएको छ।
उनको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयाघातका कारण मृत्यु भएको हो। उनी एक वर्षदेखि अस्वस्थ रहेको उनलाई बुधबार गम्भीर अवस्था देखिएपछि अस्पताल लगिएको थियो।
उनको आज (बिहीबार) बिहान पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिएको छ।
२०४४ सालमा ‘तिलहरि’ चलचित्रबाट निर्देशन थालेका उनले पछिल्लोपटक ‘कोभिड–१९’ नामक चलचित्रको निर्देशन गरेका थिए। उक्त चलचित्र रिलिज हुन बाँकी छ। बीचमा उनले ‘प्रीतिको फूल’, ‘धर्मसंकट’, ‘आमा’ ‘टुहुरो’, ‘बन्धन’ लगायत चलचित्र निर्देशन गरेका थिए।
आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल पनि निकै चर्चित मानिएको छ। आचार्यका श्रीमती र एक छोरा छन्।
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)