Kathmandu Press

'नेपाली प्रांकस्टर्स' नामक युट्युब च्यानल चलाउने आकाश सेडाईं पक्राउ

काठमाडौं, फागुन ४ : नेपाली प्रांकस्टर्स नामक युट्युब च्यानल चलाउने आकाश सेडाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रांकका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक हैरानी...
'नेपाली प्रांकस्टर्स' नामक युट्युब च्यानल चलाउने आकाश सेडाईं पक्राउ

काठमाडौं, फागुन ४ : नेपाली प्रांकस्टर्स नामक युट्युब च्यानल चलाउने आकाश सेडाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

प्रांकका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक हैरानी दिएको भन्दै उक्त युट्युब च्यानलमा भिडियो अपलोड गर्ने २७ वर्षका सेडाईंलाई मंगलबार प्रहरीले हिरासतमा लिएको हो।

झापाको बिर्तामोड नगरपालिका–४ आदर्श टोलमा स्थायी बसोबास रहेको आकाशलाई अस्थायी बसोबास रहेको भक्तपुर कौशलटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेको ठहर भएबमोजिम नै सेडाईंलाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्