Kathmandu Press

बलिउडका चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको निधन

काठमाडौं, फागुन ४ : बलिउडका चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको हो।बप्पी दाका रूपमा परिचित उनको  आज (बुधबार) मुम्बईको...
बलिउडका चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको निधन

काठमाडौं, फागुन ४ : बलिउडका चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको हो।

बप्पी दाका रूपमा परिचित उनको  आज (बुधबार) मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको हाे। उनी लामो समयदेखि बिरामी हुुनुका साथै गत वर्ष उनी कोरोना संक्रमित समेत भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। 

सन् १९८० र ९० को दशकमा भारतमा डिस्को संगीतलाई लोकप्रिय बनाउन बप्पीले महत्वपूर्ण भूमिका खेलेका थिए। उनको जन्म १७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो।

बप्पीले आफ्नो फरक शैलीका कारण चलचित्र क्षेत्रमा फरक पहिचान बनाएका थिए। उनी सधैं सुनका गहनाले भरिएका संगीतकारका रूपमा समेत दर्शकश्रोतामाझ चिनिन्छन्।

उनले आफ्नो यात्रामा यारबिना चैन कहाँ रे, याद आ रहा है तेरा प्यार, रात बाँकी बात बाँकी, तम्मातम्मा दे दे, उ लालालगायत थुप्रै चर्चित गीत गाएका छन्।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो ट्विटरमार्फत दुःख व्यक्त गरेका छन्। ‘बप्पी लहिरीजीको संगीत चौतर्फी थियो र विभिन्न भावनाहरूलाई सुन्दर ढंगले व्यक्त गरेको थियो। उहाँको जीवन्त स्वभावलाई सबैले सम्झिरहनेछन्। उहाँको निधनबाट दुःखी छु,’ उनले आफ्नो ट्विटमा लेखेका छन्। 

बप्पीले नेपाली गीत पनि गाएका थिए। ‘फरक छ भाषा, फरक संस्कृति, एउटै छ आकाश, एउटै छ धर्ती...’ बोलको नेपाली गीत उनले दुई वर्षअघि गाएका थिए। 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्