Kathmandu Press

राष्ट्रिय टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं, असोज २ : सिंगापुर र ओमान यात्राका लागि नेपाली टाष्ट्रिय टोलीको घोषणा गरिएको छ। यस पटक युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी ....

राष्ट्रिय टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी
एजेन्सी

काठमाडौं, असोज २ : सिंगापुर र ओमान यात्राका लागि नेपाली टाष्ट्रिय टोलीको घोषणा गरिएको छ। यस पटक युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन्।

यू–१९ मा राम्रो प्रदर्शन गरेको ऐरीले गत वर्षमात्रै राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए। उनले राष्ट्रिय टोलीमा पनि राम्रो गरेका छन्।

यस अघि नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए। उनले व्यक्तिगत कारण देखाउदै यो सिरिजमा सहभागी नहुने जनाएका थिए। उनको अनुपस्थितिमा दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिइएको हो।

नेपाली टोलीको नेतृत्व पारश खड्काले नै गर्नेछन्। टोलीमा सन्दीप लामिछाने, विनोद भण्डारी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा रहेका छन्।

त्यस्तै, रोहितकुमार पौडेल, पवन शर्राफ, सुशन भारी, आरिफ शेख, सन्दीप जोरा, इशान पाण्डे र कुशल मल्ल टोलीमा परेका छन्।

यस पटक शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा परेका छैनन्। दुवै खेलाडीलाई यो यात्राका लागि विश्राम दिइएको छ।

नेपालले सिंगापुर र जिम्बाब्वेसँगको टी–२० सिरिज खेल्नेछ। यो सेप्टेम्बर २७ देखि अक्टुबर ३ सम्म सिंगापुरमा हुनेछ।

त्यस्तै, ओमानमा अक्टुबर ५ देखि टी–२० सिरिज हुनेछ। त्यसमा नेपालसँगै ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।

 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्