कोर्ट म्यारिज गरिन् अभिनेत्री रेखा थापाले

काठमाडौं, फागुन २ : अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग विवाह गरेकी छन् । दुई हप्ता अघि अदालती प्रक्रियामा विवाह गरेकी हुन् ।
शाहीले हाल इजरायलमा पर्यटन व्यवसाय सम्हालिरहेका छन् । एक दशक अघि निर्देशक छवि ओझासँग डिर्भोस गरेकी थापाको यो दोस्रो विवाह हो ।
थापाले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गर्दै आएकी छिन् । ‘हिरो’ चलचित्रबाट नेपाली चलचित्र वृतमा प्रवेश गरेकी अभिनेत्री रेखा थापा स्टारडम स्थापित गर्ने थोरै नायिका मध्यकी हुन् ।
अभिनेत्री रेखा थापालाई वैवाहिक जीवनको शुभकामना ।
प्रकाशित मिति: १८:४१ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












