Kathmandu Press

चुँदीरम्घालाई साहित्यिक गतिविधिको केन्द्र बनाउनुपर्छ : पौडेल

तनहुँ, फागुन २ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा क्षेत्रलाई विश्वका नेपाली भाषा, साहित्य र संस्कृतिकर्मीहरूको गन्तव्यस्थलका...
चुँदीरम्घालाई साहित्यिक गतिविधिको केन्द्र बनाउनुपर्छ : पौडेल

तनहुँ, फागुन २ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा क्षेत्रलाई विश्वका नेपाली भाषा, साहित्य र संस्कृतिकर्मीहरूको गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

प्रस्तावित भानु साहित्य उद्यानसम्बन्धी काठमाडौँमा आज भएको वृहत भेलामा नेता पौडेलले चुँदीमा भानुभक्तकालीन त्यस क्षेत्रको संस्कृति झल्कने तथा रम्घा डाँडामा बाटुले घर बनाएर रामायणको सचित्र लेखन र नेपाली साहित्यकारहरुको तस्बिर राख्नुपर्ने सुझाव दिए।

Hardik ivf

सबै प्रदेशका सात प्रसिद्धधाम पनि त्यहाँ बनाउन सकिने भन्दै उहाँले साहित्यिक गतिविधिको केन्द्रका रूपमा चुँदीको विकास कार्यअघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा डा. जयराज आचार्यले विशिष्ट महत्व रहेको चुँदी रम्घालाई स्वदेशी विदेशी भाषा साहित्यप्रेमीको आकर्षकस्थलका रूपमा विकास गर्न सकिने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, पूर्वसचिव शरदचन्द्र पौडेल र साहित्यकार प्रभा कैनीले आवश्यक नीति, कार्यक्रम तथा पूर्वाधार बनाएर उक्त क्षेत्रको विकासका लागि अनवरतरुपमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। सो भेलाले प्रा.डा. जयराज आचार्यको अध्यक्षतामा प्रस्तावित भानु साहित्य उद्यान कार्यसमिति गठन गरेको छ। संस्थाको संरक्षकमा कांग्रेसका नेता पौडेल रहेका छन्।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विजयराज भट्टराई, उपाध्यक्षद्वय एकबहादुर राना र प्रा.डा. व्रतराज आचार्य, महासचिव काशीराज आचार्य, कोषाध्यक्ष रामचन्द्र अधिकारी, सचिव डा शेषरमण न्यौपाने, रामकुमार श्रेष्ठ र बाबुरामसिंह थापा चयन हुनुभएको छ । सदस्यमा कर्णबहादुर रानाभाट, धर्मेन्द्र झा, लक्ष्मी आचार्य, नहकुल अधिकारी, श्रीभक्त आचार्य, ओमकुमारी पौडेल, शङ्करनारायण श्रेष्ठ, श्याम मौराती, प्रभा भट्टराई, हरिसिंह गुरुङ र वृन्दा रानाभाट छन्।

विधान मस्यौदा समितिमा यदुनाथ खनाल र बाबुराम आचार्य छन्। कार्यक्रममा डा जयराज, डा व्रतराज र काशीराजले संस्था गठनको उद्देश्य, संरचना र विधानबारे प्रकाश पारेका थिए।

प्रकाशित मिति: १७:५४ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्