Kathmandu Press

शाख्तर डोनेस्कमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं, असोज २ : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा शाख्तर डोनेस....

शाख्तर डोनेस्कमाथि म्यानचेस्टर सिटीको सहज जित
एजेन्सी

काठमाडौं, असोज २ : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा शाख्तर डोनेस्कलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गर्दै म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको हो।

खेलको २४ औ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। खेलको ३८ औं मिनेटमा आइकेली गुण्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप एक गोल गरेको थियो। खेलको ७६ औं मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि सिटी ३–० को शानदार जित दर्ता गर्न सफल भयो।

समूह ‘सी’ कै अर्को खेलमा डिनामो जाग्रेबले एटलान्टालाई ४–० ले पराजित गरेको छ। जितसँगै सिटी तीन अंकका साथ समूहको दोस्रो स्थानमा दरहँदा डिनामो जाग्रेब गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ।
 

प्रकाशित मिति: ०६:४२ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्