Kathmandu Press

च्याम्पियन्स लिग फुटबलमा वार्यन म्युनिखको सहज जित

काठमाडौं, असोज २ : च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वार्यन म्युनिखले सहज जित हात पारेको छ। 

गएराति भएको समूह चरणको पहिलो खेलमा ....

च्याम्पियन्स लिग फुटबलमा वार्यन म्युनिखको सहज जित
एजेन्सी

काठमाडौं, असोज २ : च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वार्यन म्युनिखले सहज जित हात पारेको छ। 

गएराति भएको समूह चरणको पहिलो खेलमा वार्यनले सर्भेना भेज्डा (रेड स्टार) क्लबलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

खेलको ३४ औं मिनेटमा किङ्स्ले कोम्यानले गोल गर्दै वार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए। कोम्यानले इभान पर्सिकको सटिक पासमा गोल गरेका हुन्। 

पहिलो हाफमा १–० को अग्रता लिएको वार्यनले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। 

खेलको ८० औं मिनेटमा रोवर्ट लिवान्डोस्कीले गोल गर्दै वार्यनको अग्रता दोब्बर पारे। खेलको इन्जुरी समयमा थोमस मुलरले गोल गरेपछि वार्यन ३–० को जित निकाल्न सफल भयो। 

यस्तै, समूह ‘बी’कै अर्को खेलमा टोटनह्याम र ओलम्पियाकोसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।   समूह ‘बी’ मा रहेको वार्यन जितसँगै तीन अंक जोड्न सफल भयो। टोटनह्याम र ओलम्पियाकोसको समान १–१ अक छ।
 

प्रकाशित मिति: ०६:२५ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्