Kathmandu Press

रियल मड्रिडको पोष्टमा पीएसजीको तीन गोल

काठमाडौं, असोज २ :  एञ्जल डी मारियाको दुई गोलको मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा विजयी सुवरुवात गरेको छ। 

....
रियल मड्रिडको पोष्टमा पीएसजीको तीन गोल
एजेन्सी

काठमाडौं, असोज २ :  एञ्जल डी मारियाको दुई गोलको मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा विजयी सुवरुवात गरेको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा १३ पटकको च्याम्पियन्स लिग फुटबलको विजेता रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो।

पीएजी आफ्ना तीन मुख्य स्ट्राइकरबिनै मैदान उत्रिएको पीएसजीका लागि खेलको १४ औं मिनेटमा डी मारियाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३३ औं मिनेटमा डी मारियाले नै व्यक्तिगत तथा टोलाीका लागि दोस्रो गोल गरे। पहिलो हाफमा २–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गरेको थियो। 

दोस्रो हाफमो इन्जुरी समयमा थोम म्युनिरले गोल गर्दै पीएसजीलाई ३–० को सानदार जित दिलाए। 

पीएसजी आफ्ना मुख्य तीन खेलाडी नेमार, इडिन्सन काभानी र केलियन एम्बाप्पेबिना रियल मड्रिडविरुद्ध मैदान उत्रिएको थियो। नेमार दुई खेल निलम्बनका कारण र एम्बाप्पे र काभानी चोटका कारण मैदान बाहिर रहेका थिए। 

समूह ‘ए’ मा रहेको पीएसजीले जितसँगै तीन अंक जोड्न सफल भयो। 
 

प्रकाशित मिति: ०५:४६ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्