Kathmandu Press

संगीतकार बसन्त सापकोटाले मागे महेश खड्कासँग माफी

काठमाडौं, फागुन १ : गीत  ‘नोगेन’ मा आफ्नो संगीत चोरी गरेको आरोप लगाएका संगीतकार बसन्त सापकोटाले महेश खड्कासँग माफी मागेका छन्। उनले नोगेन गीतका...
संगीतकार बसन्त सापकोटाले मागे महेश खड्कासँग माफी

काठमाडौं, फागुन १ : गीत  ‘नोगेन’ मा आफ्नो संगीत चोरी गरेको आरोप लगाएका संगीतकार बसन्त सापकोटाले महेश खड्कासँग माफी मागेका छन्। 

उनले नोगेन गीतका संगीतकार महेश खड्कालाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन्। सामाजिक सञ्जालमार्फत संगीतकार सापकोटाले मानिसबाट गल्ती हुने भएकाले आफूबाट पनि असमझदारीका कारण यस्तै हुन पुगेको बताएका हुन् । 

‘मानिसबाट गल्ती हुन्छ,’ सापकोटाले फेसबुकमा लेखेका छन्, ‘कुराहरु जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रिंदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैसँग माफी माग्दछु । सुषुप्त मनभित्र कहिलेकाहीँ राम्रो धुनहरु बस्न जान्छन्।’ 

सापकोटाले केही दिनअघि आफ्नो गीत ‘सागरसरी चोखो माया’ गीतबाट संगीत चोरेर नोगेन गीतमा प्रयोग गरिएको आरोप महेश खड्कालाई लगाएका थिए। लगत्तै खड्काले पत्रकार सम्मेलन गरेर आरोप प्रमाणित गर्न नसकेमा कानुनी कारबाहीमा जाने बताएका थिए। 

उक्त गीतमा गायक प्रमोद खरेल तथा बाल गायिका रुक्साना लिम्बुको स्वर रहेको छ । 

प्रकाशित मिति: २०:३० बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्