Kathmandu Press

जाडो र गर्मीको विज्ञान

हाम्रो शरीरको तापक्रम (बडी टेम्परेचर) ३७.२ डिग्री सेल्सियस (९८.२ डिग्री  फरेनहाइट) हुन्छ । योभन्दा अलिकति तल–माथि हुनेबित्तिकै हामीलाई असहज महसुस हुने गर्दछ ।
जाडो र गर्मीको विज्ञान

काठमाडौं, फागुन १ : हाम्रो शरीरको तापक्रम लगभग ३७.२ डिग्री सेल्सियस हुन्छ । २४ देखि २५ डिग्री सेल्सियससम्मको तापक्रममा हामीलाई सबैभन्दा सहज हुन्छ, अर्थात् न जाडो, न त गर्मी । अर्कोतिर, हामीले केही काम गरिरहँदा शरीर आफैँले पनि ऊर्जा उत्पादन गरिरहेको हुन्छ । 

हाम्रो शरीरको तापक्रम (बडी टेम्परेचर) ३७.२ डिग्री सेल्सियस (९८.२ डिग्री  फरेनहाइट) हुन्छ । योभन्दा अलिकति तल–माथि हुनेबित्तिकै हामीलाई असहज महसुस हुने गर्छ । कुनै पनि अंगले ९८.२ डिग्री सेल्सियस फरेनहाइटको बाउन्ड्रीलाई पार गर्नेबित्तिकै कतिपय अंगले काम गर्न छाड्ने भएकै कारण बिरामी महसुस हुने, प्यारालाइसिस हुने, ज्वरो आउने लगायत समस्या आउँछन् ।

मानिसको शरीरको तापक्रम र हावाको तापक्रममा एक किसिमको सन्तुलन कायम भएको हुन्छ । हाम्रो शरीरमा भएका विभिन्न अंगले जहिले पनि एउटै तापक्रममा काम गर्ने परिपाटी हुन्छ । र, तापक्रममा कलिकति तल–माथि हुनेबित्तिकै कतिपय अंगले काम नगर्ने समेत देखिएको छ ।

Hardik ivf

सामान्यतः २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा लगभग सबैलाई जाडो महसुस हुन्छ । सबैभन्दा राम्रो तापक्रम भनेको २३ देखि २५ डिग्री सेल्सियस हो ।

हाम्रो शरीरलाई कति तापक्रम उपयुक्त हुन्छ भन्ने शरीरको आन्तरिक संरचनाले निर्धारण गर्छ । शरीरको आन्तरिक संरचनाकै कारण कसैले जाडो खेप्न सक्छ भने कसैले सक्दैनन् । हरेक व्यक्तिको शरीरिक बनावट फरक हुन्छ । यद्यपि मुख्यतः सूर्यको पोजिसनले जाडो र गर्मीलाई निर्धारण गरेको हुन्छ ।

शरीरको प्रकृति र जाडो–गर्मी

बच्चा वा वृद्ध सबैको शरीरको तापक्रम एउटै हुन्छ । शरीरको बनावट अनुसार जाडो वा गर्मी बढी महसुस हुने हो । जस्तोः कसैको शरीरमा बढी बोसो छ भने त्यसले भित्रका अंगलाई एक किसिमको सुरक्षा प्रदान गर्छ र धेरै चिसो महसुस हुन दिँदैन । बोसो नभएको दुब्लो पातलो मानिसलाई तुलनात्मक रूपमा बढी जाडो हुने देखिन्छ । 

यस्तै, सर्फेस एरिया बढी भएको अंग (जस्तो : कान, आँखा, नाक लगायत) बाट हामीलाई बढी चिसो महसुस हुन्छ । त्यसकारण उमेर समूहका आधारमा भन्दा पनि शरीरमा बोसो छ वा छैन, व्यक्ति कति स्वस्थ छ भन्नेले जाडो वा गर्मीको महसुसमा फरक पार्छ । 
कतिपय मानिसले विगतको जाडो र गर्मी बिर्सन्छन् र हरेक वर्ष हिउँदमा अत्यधिक जाडो महसुस गर्छन् । 

सूर्य र तापक्रम

विश्वको कुनै पनि ठाउँमा दिनभरि एउटै तापक्रम स्थिर हुँदैन । जस्तो ः राति सूर्यको प्रकाश हुँदैन । दिनभरि भूमिले लिएको ताप सूर्यको प्रकाश गएपछि क्रमशः उत्सर्जन हुन्छ र बिस्तारै पृथ्वी चिसो हुँदै जान्छ । 

पृथ्वी चिसो भएसँगै त्यसभन्दा माथिको वायुमण्डल बिस्तारै चिसो हुन्छ । त्यस हिसाबले सबैभन्दा न्यूनतम तापक्रम बिहान ६ बजे आसपास हुन्छ । त्यसपछि जब घाम चर्कंदै जान्छ, क्रमशः तापक्रम पनि बढ्दै जान्छ । स्थानीय समय अनुसार १२ बजेतिर घाम हाम्रो टाउको माथि हुन्छ । दिउँसोको २ बजेतिर (बादल, पानी नपरेको खण्डमा) घामले सबैभन्दा बढी तापक्रम प्रदान गरेको हुन्छ । 

घाम ढल्के अथवा डुब्न थालेसँगै पृथ्वीमा तापक्रम क्रमशः घट्न थाल्छ । यसरी दैनिक तापक्रमको एउटा चक्र हुन्छ । यही सेरोफेरोमा तापक्रम घटबढ भइरहन्छ । अर्कोतिर, ऋतु परिवर्तनसँगै तापक्रम घटबढ भएको हुन्छ । 

कुनै महिनाको कुनै दिन अत्यधिक गर्मी हुन्छ भने कुनै दिन अत्यधिक जाडो । यसको मुख्य कारण पृथ्वीको बनावट नै हो । किनभने पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ, त्यस क्रममा पृथ्वी केही भाग अलि बांगिएको छ, त्यसै कारण सूर्यको प्रकाश लगभग साढे २३ डिग्री सेल्सियसको कर्कट रेखामा हुन्छ । क्रमशः त्यो दक्षिणतिर सर्छ । त्यसै कारण सूर्यको प्रकाश सेप्टेम्बरको २१÷२२ तारिखतिर भूमध्यरेखामा हुन्छ भने डिसेम्बरको २१÷२२ तारिखतिर दक्षिण गोलाद्र्धको साढे २३ डिग्रीसम्म हुन्छ । त्यसपछि सूर्य फेरि माथि सर्छ । पृथ्वी घुम्दै गर्दा एउटा चक्र पूर्ण हुन्छ । 

अहिले हामी जाडो मौसममा छौँ । यो समयमा सूर्यको प्रकाश हामीबाट टाढा छ । अहिले पृथ्वी सूर्यको दक्षिण गोलाद्र्धमा छ । पृथ्वी सूर्यको दक्षिण गोलाद्र्धमा भएकै कारण त्यो क्षेत्रमा पर्ने ठाउँमा अहिले गर्मी छ । हामीकहाँ अहिले जाडो छ । सूर्य उत्तरतिर आउने क्रम सुरु भइसकेको छ, अब हामीकहाँ गर्मी सुरु हुन्छ र दक्षिण गोलाद्र्धमा चिसो सुरु हुन्छ । 

सूर्यको प्रकाश

पृथ्वीमा तापको स्रोत भनेकै सूर्य हो । सूर्यको प्रकाश बांगिएर आउँदा वायुमण्डलको लामो दूरी पार गर्नुपर्छ । लामो बाटो पार गर्दा वायुमण्डलमा भएका विभिन्न पार्टिकल, एरोसोल, गेसेस लगायतले तापलाई परावर्तन गर्ने क्षमता बोकेको हुन्छ । त्यसकारण पृथ्वीको सतहसम्म आइपुग्दा सूर्यको ताप कम हुन्छ । 

पृथ्वीको वायुमण्डललाई धेरै पार गर्नुपर्दा टाढा सूर्य टाढा हुने हो । जतिबेला  पृथ्वीको सतहमा सूर्यले कम तापक्रम प्रदान गर्छ । कम वायुमण्डल पार गर्नुपर्दा पृथ्वीको सतहमा सूर्यको प्रकाश धेरै आउँछ । 

नेपालको सन्दर्भमा हिमाल सूर्यबाट नजिक र तराई क्षेत्र सूर्यबाट टाढा हुन्छ । फेदीभन्दा हिमाल अझ बढी सूर्यको नजिक हुन्छ । त्यो हिसाबले हिमालमा बढी तापक्रम हुनुपर्ने हो भन्ने कतिपयलाई लाग्न सक्छ, तर त्यो होइन । पहिलो कुरा सूर्यको ताप विभिन्न तरंग लम्बाइमा आएको हुन्छ । जसलाई सर्ट वेभ, अल्ट्रा भायोलेट (४०० नानोमिटर वा ४०.४ माइक्रोमिटर भन्दा कम), भिजिबल रेज (४०.४ देखि ४०.७ माइक्रोमिटरसम्म), जुनियर इन्फ्रारेड (४०.७ माइक्रोमिटभन्दा बढी) र मिडियम इन्फ्रारेड लगायत तरंग लम्बाई पार गरेर सूर्यका किरण पृथ्वीको सतहमा आउँछ । 

सूर्यको प्रकाशको छोटो तरंग लम्बाइलाई वायुमण्डलमा भएका अक्सिजन, नाइट्रोजन लगायतले कुनै पनि असर गर्न सक्दैनन् । त्यो सीधै पृथ्वीको सतहमा आउँछ । पृथ्वीको सतहले पनि केही प्रतिशत उक्त प्रकाशलाई परावर्तन गरेर फेरि हावामा पठाउँछ, केही प्रतिशत आफैँले ग्रहण गर्छ भने केही प्रतिशत सतहभन्दा तल पठाउँछ । 

पृथ्वीको सतहमा आएको प्रकाश सतहले ग्रहण गरेर फेरि परावर्तन गरी तापलाई वायुमण्डलमा फ्याँक्छ । सूर्यबाट आएको तापलाई वायुमण्डलको तत्वले ग्रहण गर्न सकेको थिएन भने अब पृथ्वीको सतहबाट वायुमण्डलमा फर्केको तापलाई पानीको मौइस्चरसहित कार्बन डाइअक्साइड, मिथेन, नाइट्रोअक्साइड, ओजोन लगायतले ग्रहण गर्छ र यसको तरंग लम्बाइ पनि बढी हुन्छ । त्यसैकारण पृथ्वीको सतह बढी तातिन्छ भने सतहबाट माथि जाँदा क्रमशः त्यसको तापक्रम कम हुँदै जान्छ । 

यसर्थमा वायुमण्डल तात्नु भनेको यसको स्रोत अब सूर्य होइन, जमिनको सतह हो । जमिनको सतह नजिक छ भने बढी तातिन्छ भने जमिनको सतहभन्दा माथि वा पहाड, हिमाल, चुचुरोमा छ भने त्यहाँ तापक्रम कम हुन्छ । त्यसैले नेपालको परिप्रेक्षमा तराईमा समतल भूभाग हुने भएकाले बढी गर्मी हुन्छ भने पहाडी वा चुचुरो भूभागमा तुलनात्मक रूपमा कम हुन्छ । 

कुनै पनि सतहमा सेतो हिउँ छ भने त्यसले ९० प्रतिशत परावर्तन र थोरै मात्र ग्रहण गर्छ । यस्तै, त्यही ठाउँमा कुनै कालो पक्की बाटो छ भने थोरै परावर्तन र धेरै ग्रहण गर्छ । उदाहरणका लागि मरभूमिमा बालुवा हुने भएकाले बढी तातिन्छ, बालुवामा चाँडै तातिने र चाँडै सेलाउने गुण भएका कारण त्यहाँको तापक्रम दिउँसो बढी हुन्छ भने बेलुका कम । यस्तै, पानी भएको ठाउँ वा समुद्रको वरिपरिको ठाउँमा तापक्रममा त्यति धेरै उतारचढाव देखिँदैन । किनभने पानीमा छिटै तातिने तर ढिलो सेलाउने गुण हुन्छ । 

(सोनी शाहीसँगको वार्तामा आधारित ।) 

प्रकाशित मिति: १०:३९ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्