Kathmandu Press

तेस्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड हुँदै, बिहीबारबाटै फाराम खुला

काठमाडौं, माघ २७ ‘नेपाल म्युजिक एन्ड फेसन अवार्डको तेस्रो संस्करण ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्टले नेपाली...
तेस्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड हुँदै, बिहीबारबाटै फाराम खुला

काठमाडौं, माघ २८ : ‘नेपाल म्युजिक एन्ड फेसन अवार्डको तेस्रो संस्करण ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । 

स्टार वान इन्टरटेनमेन्टले नेपाली गीतसंगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ। यो वर्ष पनि सोही संस्थाले अवार्डको आयोजना गर्न लागेको हो। 

Hardik ivf

अवार्डमा भाग लिन चाहने का लागि बिहीबारबाट फाराम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी गराइन्। यो अवार्डमा सहभागी हुन चाहनेले आगामी ५ चैतसम्म फारम भरिसक्नु पर्नेछ।

सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फाराम लिएर भर्न सक्नेछन्। अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी वैशाखमा गरिने भएको छ। 

यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन २०२१ जनवरीबाट सन २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनुपर्ने आयोजक पक्षले जनाएको छ। अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन्। गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउनेछन् ।  

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिनेछ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ।

फेसनतर्फ कोरियोग्राफर, र्‍याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आइकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ।
 

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्