अमिताभ बच्चनको नयाँ फिल्म ‘झुन्ड’ को टिजर सार्वजनिक
काठमाडौं, माघ २८ : भारतीय लोकप्रिय नायक अमिताभ बच्चनको नयाँ फिल्म ‘झुन्ड’ को टिजर सार्वजनिक भएको छ । उक्त फिल्मको टिजर मंगलबार सार्वजनिक भएको...
काठमाडौं, माघ २८ : भारतीय लोकप्रिय नायक अमिताभ बच्चनको नयाँ फिल्म ‘झुन्ड’ को टिजर सार्वजनिक भएको छ ।
उक्त फिल्मको टिजर मंगलबार सार्वजनिक भएको हो। अमिताभ बच्चनको मुख्य भूमिका रहेको उक्त फिल्ममा उनी एक फुटबल प्रशिक्षकको भूमिकामा देखिनेछन्।
उक्त फिल्म ‘स्लम सकर’ नामक गैरसरकारी संस्थाका संस्थापक विजय बरसेको जिवनकथामा आधारित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विजय बरसेले स्लम सकर संस्था स्थापना गरी सुकुम्बासी बस्तीका विपन्न वर्गलाई फुटबल टिम बनाएर तालिम दिएका थिए। ‘झुन्ड’ यही मार्च ४ तारिखमा सिनेमा हलमा रिलिज हुने उक्त सञ्चार माध्यमले जनाएका छन्।
यो फिल्मको निर्देशन नगराज मन्जुले गरेका हुन् भने भूषण कुमार, कृष्ण कुमार, राज हिरेमठ, सविता राज हिरेमठ र नागराज मन्जुले मिलेर निर्माण गरेका हुन् ।
टी सिरिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त टिजर १ मिनेट ३६ सेकेन्ड अवधिको रहेको छ।












