इपिएलमा लिभरपुलले लेस्टर सिटीलाई हरायो
काठमाडौं, माघ २८ : इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको छ । बिहीवार राति भएको खेलमा दुबै गोल डिअगो...
काठमाडौं, माघ २८ : इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
बिहीवार राति भएको खेलमा दुबै गोल डिअगो जोटाले गरे । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।
जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ ।
शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।
प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











