Kathmandu Press

स्रष्टा जगतमर्दन स्मृति ग्रन्थ ‘स्वर साधक’ र गीतिसंग्रह ‘कुनै भेदभाव छैन’ विमोचित

काठमाडाैं, माघ २७ : अमर स्रष्टा जगतमर्दन थापाको ८६औं जन्म जयन्तीको अवसरमा उनको स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा गीतिसंग्रह ‘कुनै भेदभाव छैन’ विमोचन...
स्रष्टा जगतमर्दन स्मृति ग्रन्थ ‘स्वर साधक’ र गीतिसंग्रह ‘कुनै भेदभाव छैन’ विमोचित

काठमाडाैं, माघ २७ : अमर स्रष्टा जगतमर्दन थापाको ८६औं जन्म जयन्तीको अवसरमा उनको स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा गीतिसंग्रह ‘कुनै भेदभाव छैन’ विमोचन गरिएको छ। 

गीतकार संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच उक्त स्मृति ग्रन्थ तथा गीति एल्बम विमोचित भएको हो।

Hardik ivf

स्मृति ग्रन्थ  ‘स्वर साधक’ का सम्पादक विवश वस्ती, प्रकाशक तथा जगतमर्दन थापाका सुपुत्र मोहितमर्दन थापा, उनका परिवारका सदस्यहरू, गीतकार संघ नेपालका कार्यसमितिका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ तथा गीतिसंग्रह विमोचन भएको हो।

कार्यक्रममा गीतकार यादव खरेलले जगतमर्दन थापाको व्यक्तित्व, गीतियात्राबारे चर्चा गर्दै उनको सिर्जना तथा कृतिहरुलाई संग्रह गरेर राख्नुपर्ने बताए। 

गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले गीतकार संघ नेपालले जगतमर्दन थापा स्मृति गीतकार संघ नेपाल अक्षय कोष’ स्थापना भएको र यही संस्थाले नै उनका गीति सिर्जनाबारे खोज, अनुसन्धान गर्ने बताउँदै उजगतमर्दन थापाले नेपाली गीति क्षेत्र र साहित्यको क्षेत्रलाई दिएको योगदानबारे चर्चा गरे।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्