Kathmandu Press

‘न बिर्से तिमीलाई...’ गीतको नयाँ भर्सनमा नाम समेटिएपछि अन्जु पन्त खुसी

काठमाडाैं, माघ २७ : गायिका अन्जु पन्तले ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई...’ गीत (गजल) को नयाँ भर्सनमा आफ्नो नाम समेटिएपछि खुसी व्यक्त...
‘न बिर्से तिमीलाई...’ गीतको नयाँ भर्सनमा नाम समेटिएपछि अन्जु पन्त खुसी

काठमाडाैं, माघ २७ : गायिका अन्जु पन्तले ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई...’ गीत (गजल) को नयाँ भर्सनमा आफ्नो नाम समेटिएपछि खुसी व्यक्त गरेकी छन्।

हाल अमेरिकामा रहेकी उनले आफ्नो नाम समेटिएकाेमा खुसी व्यक्त गर्दै आज (बिहीबार) सामाजिक सञ्जालमार्फत गजलकार विपीन किरणलगायत टिमलाई धन्यवादसमेत दिएकी छन्।

‘न बिर्से तिमीलाई गजलका गजलकार विपीन किरणलगायत टिमलाई धेरै धन्यवाद। मानिसबाट कहिलेकहिँ जानअनजानमा भूल हुन्छ। यस्तै भूलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले,’ उनले फेसबुकमा लेखेकी छन्, ‘विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोतादर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंकसमेत राख्नुभएको छ, यो तपाईंको कदम प्रशंसनीय छ।’

Hardik ivf

भविष्यमा सबै मिलेर नेपाली गीतसंगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेकी छन्। आफूले गाएको गीत नयाँ भर्सनमा गाउने रचना रिमाललाई पनि उनले सम्झेकी छन्। ‘रचना नानुलाई धेरै माया र आशीर्वाद,’ उनले लेखेकी छन्।

झन्डै डेढ दशकअघि रेकर्ड गरिएकाे उक्त गीत नाै वर्षअघि युट्युबमा आएको थियो। सोही गीतले गायिका पन्तलाई चर्चाको शिखरमा पुर्‍याएको थियो।

माघ २० गते किरण क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको नयाँ भर्सनप्रति बुधबार प्रतिक्रिया जनाउँदै गायिका पन्तले ओरिजिनल गायकगायिकाको नामसमेत उल्लेख नगरिएको भन्दै आपत्ति जनाएकी थिइन्। 

उनले फेसबुकमा लेखेकी थिइन्,  ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायकगायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो।’ 

विपिन किरणको शब्द, महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गरेको सो गीतमा सुरुको आवाज गायिका अन्जु पन्तले दिएकी थिइन्।

सोही गीत पछि मेल भर्सनमा जगदीश समालले गाएका थिए। हालै रचना रिमाल भर्सनमा सोही गीत आएपछि नेपाली संगीत क्षेत्रमा एक किसिमको तरंग आएको थियो। त्यसलाई लिएर विभिन्न सकारात्मक तथा नकारात्मक प्रतिक्रिया आएका थिए। 

गीतकार किरणले भने रिरेकर्ड मात्रै गरिएकाले आफूले अन्जुको नाम उल्लेख नगरेको बताएका थिए। उनले निर्माताले पाउने अधिकार आफूले प्रयोग गरेको जिकिर पनि गरेका थिए।

तर उनीहरूबीचको सहमतिपछि नाम उल्लेख गरिएको जनाइएको छ।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, माघ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्