लागुऔषधसहित चार पक्राउ
काठमाडौँ, २० माघ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५....
काठमाडौँ, २० माघ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा ललितपुरका शिशिर कर्माचार्य र शरदराज भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएको लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी १६१ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेकालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । लागुऔषध लिएर हिँडिरहेका पर्साका धनञ्जयकुमार कर्णकार र ज्ञानी थापामगरलाई पक्राउ परेका हुन् । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी ५५६ एम्पुल बरामद गरेको वृत्तले जनाएको छ ।