Kathmandu Press

आशीष अविरललाई पितृशोक 

काठमाडौं, माघ २६ : गायक, संगीतकार, संगीत संयोजक तथा पञ्चैबाजा वादक आशीष अविरललाई पितृशोक परेको छ।उनका ८० वर्षीय पिता बलबहादुर गौतमको मंगलबार निधन भएको...
आशीष अविरललाई पितृशोक 

काठमाडौं, माघ २६ : गायक, संगीतकार, संगीत संयोजक तथा पञ्चैबाजा वादक आशीष अविरललाई पितृशोक परेको छ।

उनका ८० वर्षीय पिता बलबहादुर गौतमको मंगलबार निधन भएको हो। 

Hardik ivf

गौतमको मंगलबार करिब साढे १२ बजे बागलुङस्थित घरमै निधन भएको अविरलले जानकारी दिए।

‘बुबा लामो समयदेखि पक्षाघातको बिरामी हुनुहुन्थ्यो’ अविरलले भने, गलकोटस्थित हटियाकै एक क्लिनिकमा उपचार गराउँदै आएका थियौंं।’

अविरललाई सामाजिक सञ्जालमा गायक शिव परियार, लोकगायक वसन्त थापा, तेजस रेग्मी, गीतकार विपीन किरण लगायतले समवेदना प्रकट गरेका छन्। 
 

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्