Kathmandu Press

प्रताप र प्राश्नाको युगल स्वरमा 'लगायौ कस्तो मोहनी'

काठमाडौं, माघ २६ : गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी’ गीत सार्वजनिक भएको छ।सन्जित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको...
प्रताप र प्राश्नाको युगल स्वरमा 'लगायौ कस्तो मोहनी'

काठमाडौं, माघ २६ : गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी’ गीत सार्वजनिक भएको छ।

सन्जित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको गीतमा सन्जल भण्डारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।

पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र विष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट सञ्चालित चर्चित सागीतिक समूह ‘द नेक्स्ट’ को युट्युब च्यानलबाट रिलिज गरिएको हो।

संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिजसँगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

विगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक क्षेत्रको बिकासमा सक्रिय बिष्णु नेपालको पहिलो अभिनयलाइ दर्शकले राम्रो रहेको बताएका छ। 

उनी अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ‘द नेक्स्ट’को सस्थापक मध्यका एक हुन्। ‘द नेक्स्ट’ुले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ। 

प्रकाशित मिति: १४:३० बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्