फागुन १ गतेबाट ‘चपली हाईट ३’ पुनः प्रदर्शन हुने
काठमाडौं, माघ २५ : चलचित्र ‘चपली हाईट ३’ पुनः प्रदर्शन हुने भएको छ । गत पुस ३० गतेबाट प्रदर्शन भइरहेको चलचित्र सरकारले जारी गरेको...
काठमाडौं, माघ २५ : चलचित्र ‘चपली हाईट ३’ पुनः प्रदर्शन हुने भएको छ ।
गत पुस ३० गतेबाट प्रदर्शन भइरहेको चलचित्र सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द भएकोमा पुनः फागुन १ गतेबाट हल खुल्ने भएपछि चलचित्र फेरि प्रदर्शन गर्न लागिएको निर्माता अर्जुन कुमारले बताएका हुन् ।
यसअघि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएसँगै सरकारले सिनेमा हल लगायत मानिसहरूको जमघट हुने स्थान बन्द गर्ने निर्णय गरेको थियो । सरकारले हल बन्द गर्ने निर्णय गरेको समयमा चलचित्र ‘चपली हाईट ३’ प्रदर्शनरत थियो ।
निर्माता अर्जुन कुमारले आफूले दोस्रो मौका पाएको बताउँदै चलचित्र हेरेर माया गरिदिन दर्शकसमक्ष अपिल समेत गरेका छन् ।
प्रकाशित मिति: १८:५० बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












