Kathmandu Press

प्रणय दिवसका लागि दिल विश्वकर्मा कोसेली ‘तिम्रै लागि...’

काठमाडाैं, माघ २५ : करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ सांगीतिक सौगात ‘तिम्रै...
प्रणय दिवसका लागि दिल विश्वकर्मा कोसेली ‘तिम्रै लागि...’

काठमाडाैं, माघ २५ : करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ सांगीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याभएका छन्।

प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा गायक विश्वकर्माको स्वर, शब्द र संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको छ।

Hardik ivf

प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा र बिना राउतको अभिनय छ।

नवराज उप्रेतीले छायाङ्कन गएको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ। गायक विश्वकर्माको  च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत् उक्त भिडियो सार्वजनिक भएको हो।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्