Kathmandu Press

माघ २८ देखि ‘पुतलीको घर’ नाटक पुनः मञ्चन हुने

काठमाडौं, माघ २४ : गत माघ ७ गते पश्चात स्थगित भएको आरोहण गुरुकुलको  ‘पुतलीको घर’ नाटक पुनः मञ्चन हुने भएको छ।यही माघ २८...
माघ २८ देखि ‘पुतलीको घर’ नाटक पुनः मञ्चन हुने

काठमाडौं, माघ २४ : गत माघ ७ गते पश्चात स्थगित भएको आरोहण गुरुकुलको  ‘पुतलीको घर’ नाटक पुनः मञ्चन हुने भएको छ।

यही माघ २८ गते शुक्रबारबाट नाटक मञ्चन हुने गुरुकुलका संस्थापक तथा नाटकका निर्देशक सुनिल पोखरेलले काठमाडौं  प्रेसलाई जानकारी दिए। 

कोरोनाको तेस्रो लहर फैलिएसँगै उक्त आरोहण गुरुकुलले केही समयका लागि नाटक मञ्चन सथगन गरेको थियो।

‘सामाजिक उत्तरदायित्वलाई मध्य नजर गर्दै हामीले नाटक मञ्चनमा रोक लगाएका थियौं,’ निर्देशक पोखरेलले भने, ‘कोरोना संक्रमण साम्य हुँदै गएको सन्दर्भमा हामीले नाटक पुनः मञ्चन गर्ने निर्णय गरेका हौं।’

उक्त नाटक फाल्गुन ७ गतेसम्म थिएटरमा लाग्नेछ । कुञ्ज थिएटरमा नाटक मञ्चन हुनेछ। 
 

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्