झापाकी कृपा बनिन् सारेगमप लिटिल च्याम्प्स नेपाल
काठमाडाैं, माघ २३ : झापाकी कृपा पौडे्ल पहिलो ‘सारेगमप लिटिल च्याम्स नेपाल’ बनेकी छिन् । शनिबार राति फाएको फाइलनमा अन्य चार प्रतिस्पर्धीलाई पछि...
काठमाडाैं, माघ २३ : झापाकी कृपा पौडेल पहिलो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ बनेकी छिन् । शनिबार राति भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै झापा बिर्तामोडकी कृपाले उपाधि जितेकी हुन्।
उपाधिसँगै कृपाले १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् । कृपाले रोशा फुयाँल, आदित्य विक, अभिज्ञा घिमिरे र अरुण सुनारलाई भोटिकमा पछि पार्दै उपाधि जितेकी हुन्।
यस्तै, झापकै रोशा फुयाँल फस्ट रनरअप बन्दा भारत सिलिगुढीका आदित्य सेकेन्ट रनरअप बने। फस्ट रनरअप रोशाले ४ लाख र सेकेन्ट रनरअप आदित्यले ३ लाख रुपैयाँ प्राप्त गरे।
फाइनलिस्टले तीनवटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ल्ड टुर र कक्षा १२ सम्मको निःशुल्क अध्ययनको अवसर प्राप्त गर्ने छन्।
ग्यालेक्सी फोर केबाट प्रसारण भएको कार्यक्रममा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।












