Kathmandu Press

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

१९२८ सेप्टेम्बर २८ जन्मिएकी मंगेशकरले ३६ भाषाका ५० हजार बढी गीतमा आफ्ना आवाज दिएकी छिन्र । उनले थुप्रै नेपाली गीत पनि गाएकी छिन्।
प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडाैं, माघ २३ : चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा कोरोना र निमोनियाको उपचार गराइरहेकी मंगेशकरको आइतबार बिहान निधन भएको हो ।

मंगेशकर एक महिना यता ब्रीच क्याण्डी अस्पतालमै उपचारथ थिइन् । विगत चार–पाँच दिन यता उनको स्वास्थ्यमा उल्लेख सुधार आएको बताइएको थियो।

Hardik ivf

९२ वर्षीया मंगेशकरलाई ८ जनवरीमा कोरोना पोजेटिभ देखिएका थियो । त्यसपछि उनलाई अस्पताल गरिएको थियो।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । ३६ भाषाका ५० हजार बढी गीतामा आफ्ना आवाज दिएका मंगेशकरले थुप्रै नेपाली गीत पनि गाएकी छिन्।

करिब चालिस वर्ष उनले बलिउडको पाश्र्व गायनमा एकक्षत्र राज गरेकी थिइन् । सन् १९६० देखि २००० बीचमा मंगेशकरको आवाज नभएको फिल्मलाई अधुरो मानिन्थ्यो । सन् २००० पछि भने उनले पाश्र्व गायनलाई कम गरेकी थिइन्।

मंगेशकरले अन्तिम पटक सन् २०१५मा फिल्म ‘डुन्नो वाइ’मा अन्तिम पटक गीत गाएकी थिइन् ।

८० वर्ष गायनमा बिताएकी मंगेशकरले १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड डराएकी थिइन् । सन् २००१ मा प्रसिद्ध भारत रत्न सम्मानबाट सम्मानित भएकी थिइन्।

प्रकाशित मिति: १०:२५ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्