ठगराज निर्देशन गर्दै लक्ष्मण सुवेदी
काठमाडाैं, माघ २१ : चलचित्र पत्रकार लक्ष्मण सुवेदी फिल्म निर्देशनमा देखिने भएका छन्। यसअघि ‘लालजोडी’, ‘एउटा साथी’ फिचर फिल्म निर्देशन गरेका सुवेदी ठगराजमार्फत...
काठमाडाैं, माघ २१ : चलचित्र पत्रकार लक्ष्मण सुवेदी फिल्म निर्देशनमा देखिने भएका छन्। यसअघि ‘लालजोडी’, ‘एउटा साथी’ फिचर फिल्म निर्देशन गरेका सुवेदी ठगराजमार्फत पुन निर्देशनमा देखिनका लागेका हुन्।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण र कथा पनि सुवेदीकै छ।
सामाजिक कथा बन्ने सुवेदीले बताएका छन्। फिल्म सामाजिक कथा, जीवनको यथार्थसँग नजिक, साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन रहेको निर्देशक सुवेदीले बताए।
फिल्म निर्माणका घोषणा गरिए पनि कलाकार र अन्य टिम भने केही समयमै घोषणा गरिने उनले जानकारी दिए । फिल्म चैत अन्तिम साताबाट फ्लोरमा जाने बताइएको छ।
प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)