Kathmandu Press

साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक

काठमाडौं, माघ २१ : युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन्।युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको...
साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक

काठमाडौं, माघ २१ : युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन्।

युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ। टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा गायक प्रधानका बुबा राहुलले सङ्गीत संयोजन गरेका छन्।

साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ ।

प्रेम र मनोरञ्जनलाई आधार बनाएर प्रस्तुत गरिएको श्रव्य–दृश्यमा  बुद्ध थापाको छायाङ्कन, विकास धमलाको  सम्पादन र निकेश खड्कासको निर्देशन रहेको छ।

उक्त साङ्गीतिक श्रव्य–दृश्य सार्वजनिक गर्न अस्ट्रेलियास्थित कान्तिपुर होलिडेजको सहयोग रहेको जनाइएको छ। गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत् यो नयाँ भिडियो सार्वजनिक गरिएको बताइएको छ।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्