Kathmandu Press

प्लास्टिकमा डुबिरहेको पृथ्वी

विश्वभर प्रत्येक मिनेट प्लास्टिकका करिब १० लाख बोतल विक्री हुन्छ।

प्लास्टिकको वातावरणीय प्रभाव राजनीतिक मुद्दा बनिरहेको बेला तयारी खाद्य विक्रेता र खुद्रा वि....

प्लास्टिकमा डुबिरहेको पृथ्वी

विश्वभर प्रत्येक मिनेट प्लास्टिकका करिब १० लाख बोतल विक्री हुन्छ।

प्लास्टिकको वातावरणीय प्रभाव राजनीतिक मुद्दा बनिरहेको बेला तयारी खाद्य विक्रेता र खुद्रा विक्रेताहरू एक पटक मात्रै प्रयोग गरिने बोतल र कन्टेनरको प्रयोग बन्द गर्ने दबाबमा छन्। त्यस्ता बोतल र कन्टेनरले विश्वको जलमार्ग भरिन थालेको छ।

गएको ५० वर्षमा प्लास्टिकको उत्पादनमा बाढी नै आएको छ। यो सस्तो डिस्पोजेबल उत्पादनको व्यापक प्रयोगले वातावरणमा विध्वंश ल्याइरहेको छ। प्लास्टिकजन्य फोहोरले पुरिएका समुद्रका किनार र पेटमा प्लास्टिक भरिएका मृत पशुका तस्वीरले विश्वभरि नै हंगामा मच्चाएको छ।

Hardik ivf

सामान्यतया सफ्ट ड्रिङ्क र मिनरल वाटर प्याकेजिङ गर्न पोलिथाइलिन टेरिफथलेट (पिइटी) बोतल प्रयोग गरिन्छ। तर अन्य घरेलु सामग्री वा व्यक्तिगत स्याहारका सामग्रीका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ। युरोमनिटर इन्टरनेशनलको तथ्याङ्क अनुसार पोहोर साल मात्रै यस्ता चार खर्ब ८० अर्ब बोतल विक्री गरिएको छ। अर्थात् प्रत्येक मिनेट करिब १० लाख बोतल विक्री हुन्छ।

यो तथ्याङ्कलाई यो पृष्ठको शीर्ष स्थानमा देखाइएको छ। तल दिइएका चित्रहरूले लामो समयसम्म संकलन भएको प्लास्टिकको थुप्रो कस्तो देखिन्छ भन्ने देखाउँछ।

प्रत्येक घण्टा पाँच करोड ४९ लाख बोतल

यो थुप्रो रियो दि जेनिरोको ३८ मिटर अग्लो क्राइस्ट द रिडिमरभन्दा अग्लो हुनेछ।

प्रत्येक दिन
एक अर्ब ३० करोड बोतल विश्वभरि विक्री हुने बोतल प्रत्येक दिन थुप्रिए पेरिसको ३२४ मिटर अग्लो आइफल टावरभन्दा अग्लो हुनेछ।

 


एक महिना
४० अर्ब बोतल एक महिनासम्म थुप्रिएका बोतलको पहाडसामू आइफल टावर पुड्को देखिनेछ।

एक वर्षमा
४ खर्ब ८१ अर्ब बोतल सन् २०१८ मा विक्री भएका प्लास्टिकका सबै बोतल भेला पारेको भए विश्वकै सबैभन्दा अग्लो भवन दुबईको ८३० मिटर अग्लो बुर्ज खलिफाभन्दा अग्लो हुनेछ।


गएको एक दशक
४० खर्ब बोतल सन् २००९ देखि विश्वभरि विक्री भएका प्लास्टिकका बोतल न्यूयोर्कको म्यानह्याटन आइल्यन्डभन्दा माथि हुनेछ। युरोमनिटर इन्टरनेसनलको तथ्याङ्क अनुसार तीमध्ये चार खर्ब ८० अर्ब बोतल पोहोर मात्रै विक्री भएको छ।

सन् २०१८ को तथ्याङ्क सन् २००९ को तुलनामा ५० प्रतिशतभन्दा धेरै हो। तल प्रस्तुत गरिएको प्लास्टिकका बोतलको थुप्रो झण्डै २.४ किलोमिटर अग्लो छ। यो लोवर म्यानह्याटनको फाइनान्सियल डिस्ट्रिक्टका चम्किला गगनचुम्बी भवनलाई पनि अग्लो हुनेछ।

अहिले भइरहेको वातावरणीय समस्या निम्त्याइरहेको प्लास्टिकको प्रदुषणका धेरै प्रकारमध्ये खानेपानीको बोतल पनि एक हो। उत्पादन हुने आधाजति प्लास्टिकका बोतल एक पटक मात्रै प्रयोग हुन्छ। साइन्स एड्भान्सेस जर्नलमा प्रकाशित अनुसन्धान अनुसार सन् २०१५ मा करिब ३८ करोड मेट्रिक टन प्लास्टिक उत्पादन भयो। तीमध्ये करिब ५५ प्रतिशत प्लास्टिकजन्य फोहोर फ्याँकियो, २५ प्रतिशत नष्ट गरियो र २० प्रतिशत पुनर्चक्रण गरियो। अर्थात् माथि उल्लेख गरिएका अधिकतम बोतल ल्यान्डफिल साइट वा विश्वभरिका समुद्रमा त्यतिकै विसर्जन भयो।

बितेको ६५ वर्षको हिसाब निकाल्दा पुनर्चक्रण गरिएको प्लास्टिकको मात्रा एकदमै थोरै छ। विश्वभरि ८.३ अर्ब टन प्लास्टिक सन् १९५० देखि २०१५ सम्म उत्पादन भयो। अधिकांश एक पटक मात्रै प्रयोग गरिने प्लास्टिक थिए। जुन अहिले फ्याँकिएका छन्। समग्र प्लास्टिकमध्ये मात्रै ६ प्रतिशत पुनर्चक्रण भएको साइन्स एड्भान्सेसको अध्ययनले देखाउँछ।

युरोमनिटर इन्टरनेसनलमा प्याकेजिङ अनुसन्धानका प्रमुख रोजमेरी डाउनीले प्याकेजिङ गर्दा “सर्कुलर डिजाइन” सिद्धान्त अवलम्बन गर्नु एउटा उपाय भएको बताइन्। प्रयोग र पुनर्प्रयोग लगायत कुनै उत्पादनको सम्पूर्ण जीवन चक्रलाई ध्यानमा राख्ने यो सिद्धान्तले थप प्लास्टिकजन्य फोहोर उत्पादन गर्न रोक्नुका साथै प्लास्टिकको “रिकभरी, रिसाइकल, रियुज” मा पनि सहयोग पुर्‍याउँछ। यसो गरे वातावरणमा प्लास्टिकजन्य फोहोरको हानिकारक प्रभाव पनि न्यूनीकरण हुनेछ।

तर समस्याको समाधान गर्ने जिम्मेवारी उत्पादकसँगै अरूको पनि छ। “अन्तत: होशियारीपूर्वक प्लास्टिक खपत गर्नु सबैको जिम्मेवारी हो। उपभोक्ता पनि शुन्य फोहोर उत्पादनमा भूमिका छ। त्यसैगरी कर्पोरेट क्षेत्र र सरकारले पनि उत्तिकै सहयोग गर्नुपर्छ,” डाउनीले भनिन्। 

युरोपेली संघ (इयु) ले सन् २०२१ सम्म स्ट्र, काँटा र छुरी लगायत एक पटक मात्रै प्रयोग गरिने प्लास्टिकका दश वटा उत्पादनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसले सन् २०३० सम्म प्लास्टिकको सबै प्रकारका प्याकेजिङ पुनर्चक्रमण गर्ने लक्ष्य पनि तय गरेको छ। यो प्लास्टिकजन्य फोहोरको प्रमुख श्रोत हो।

तर तेल उद्योगले थप प्लास्टिक र अन्य पेट्रोकेमिकल उत्पादन गर्न अर्बौं लगानी गरिरहेको छ। विशेषगरी  एसियामा विश्वका प्रमुख सबैभन्दा ठूला उत्पादकहरूको ध्यान केन्द्रित भएको छ। वातावरणीय चिन्ताका बाबजुद प्लास्टिक उत्पादन बढ्दै गएको देखिन्छ।
 

प्रकाशित मिति: ०६:५८ बजे, आइतबार, भदौ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्