Kathmandu Press

‘ला बिनाले डि भेनेजिया–२०२२’ मा पहिलो पटक नेपाली कला

काठमाडौँ, माघ १९ : ५९ औँ अन्तर्राष्ट्रिय  कला प्रदर्शनी– ‘ला बिनाले डि भेनेजिया–२०२२’ मा पहिलो पटक नेपाली कला सहभागी हुने भएको छ । इटालीको भेनसमा...
‘ला बिनाले डि भेनेजिया–२०२२’ मा पहिलो पटक नेपाली कला

काठमाडौँ, माघ १९ : ५९ औँ अन्तर्राष्ट्रिय  कला प्रदर्शनी– ‘ला बिनाले डि भेनेजिया–२०२२’ मा पहिलो पटक नेपाली कला सहभागी हुने भएको छ । 

इटालीको भेनसमा हुन गइरहेको यस कला प्रदर्शनीमा कलाकार छिरिङ शेर्पाको 'टेल्स अफ म्युटेड स्प्रिट डिस्पर्ड थ्रेड ट्विस्टेड सांङग्रि–ला' कला प्रदर्शनी हुनेछ । 

Hardik ivf

कलाकार शेर्पा, हितमान गुरुङ र शिलासा राजभण्डारीको संयुक्त अवधारणामा उक्त आर्ट वोर्क बनेको  कलाकार तथा क्युरेटर शिलासा राजभण्डारीले बताइन् । प्रदर्शनीमा कलाकारको रुपमा छिरिङ शेर्पाका र क्युरेटरको रुपमा हितमान गुरूङ र शिलासा राजभण्डारी आउँदो अप्रिल २३ मा सहभागी हुनेछन् । 

उक्त कला प्रदर्शनीले नेपाली कलालाई विश्वले सदैव हेर्दै आएको सौन्दर्यपरक तथा आध्यात्मिक अवधारणाबाट माथि उठाउने कलाकार तथा क्युरेटर राजभण्डारीले बताइन् । ‘ स्थापित नेपाली कलाको मानकबाट माथि उकासेर नेपाली कलाको विविधता र त्यहा रहेका विविधताको झल्को दिने प्रयास हाम्रो रहनेछ,’ उनले भनिन् । 

उक्त बिनाले संसारको सबैभन्दा पुरानो बिनाले भएको राजभण्डारी बताउँछिन् । सताब्दीऔँ अघिदेखि आयोजना हुँदै आएको उक्त बिनालेमा नेपाल भने पहिलो पटक सहभागी हुन लागेको पनि उनले बताइन् । जसका लागि संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिद्धार्थ आर्ट फाउन्डेसन र नेपाल एकेडेमी अफ फाइन आर्टको संयुक्त रुपमा सहयोग गरेका छन् ।  

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्