Kathmandu Press

ओलम्पिक कमिटीको अध्यक्षमा पुन: जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं, भदौ २८ : नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

शनिबार काठमाडौंमा भएको विशेष साधारणसभाबाट श....

ओलम्पिक कमिटीको अध्यक्षमा पुन: जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं, भदौ २८ : नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

शनिबार काठमाडौंमा भएको विशेष साधारणसभाबाट श्रेष्ठ पुनः ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित श्रेष्ठले १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले १० मतमात्रै प्राप्त गरेका थिए।

यस्तै, कमिटीको पाँच उपाध्यक्षमा ज्योति राणा, चतुरानन्दराज वैद्य,  तेजबहादुर गुरुङ, सुनिल कुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य विजयी भएका छन्।

महासचिवमा भने निलेन्द्र श्रेष्ठ निर्वाचित भए। निलेन्द्रले १५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पुरेन्द्र लाखेले १२ मत पाए। 

यसैगरी, कमिटीको तीन सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। सचिवमा उम्मेदवारी दिएका राखेपका पूर्व सदस्यसचिव केशव विष्ट भने पराजित भए।  निर्वाचनमा बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाउँदा पराजित भएका विष्टले १७ मत पाएका थिए।  

यस्तै, सदस्यमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्शेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्घबहादुर केसी विजयी भएका छन्।
 

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, भदौ २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्