बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ मार्च २२ मा रिलिज हुने

काठमाडौँ, माघ १८ : बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ मार्च २२ मा रिलिज हुने भएको छ। कोरोना महामारीको कारण पटकपटक प्रदर्शन मिति सारिएको चलचित्र ‘आरआरआर’ को 'रिलिज डेट' मार्च २२ तोकिएको हो।
चलचित्र यसअघि जनवरी ७ मा रिलिज गर्ने तयारी गरिएको थियो। तेस्रो लहरको कारोना संक्रमण फैलिएपछि चलचित्रको रिलिज मिति सारिएको थियो।
रिलिज मिति नजिकिएसँगै चलचित्र प्रोमोसनको लागि मात्र निर्माण पक्षले १८ करोड खर्च गरिसकेको छ ।
एसएस राजमौलीको निर्देशनमा बनेको यस चलचित्रमा एनटिआर जुनियर, राम चरन, आलिया भाटको मुख्य भूमिका रहेको छ भने अजय देवगनलाई पनि देख्न पाइने छ ।
चलचित्र हिन्दी, तामिल, तेलेगु अनि कन्नाडा गरी चार भाषामा रिलिज हुनेछ ।
प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












