Kathmandu Press

‘कर्कलो कोक्याउला’ गीत प्रहरीलाई हस्तान्तरण 

काठमाडौं, माघ १७ : शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’...
‘कर्कलो कोक्याउला’ गीत प्रहरीलाई हस्तान्तरण 

काठमाडौं, माघ १७ : शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ । 

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् ।

Hardik ivf

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । 

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ–आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्नेछन् । 

हस्तान्तरण कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली एवं नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्