Kathmandu Press

गुण्डागर्दीमा संलग्नलाई समात्न प्रहरीले गोली चलायो, साजन गुरुङ पक्राउ

काठमाडौं, भदौ २७ : काठमाडौंको गोलढुंगामा गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई समात्न प्रहरीले गोली प्रहार गरेको छ।

विशेष सूचनाका आधारमा अ....

गुण्डागर्दीमा संलग्नलाई समात्न प्रहरीले गोली चलायो, साजन गुरुङ पक्राउ
सांकेतिक

काठमाडौं, भदौ २७ : काठमाडौंको गोलढुंगामा गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई समात्न प्रहरीले गोली प्रहार गरेको छ।

विशेष सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखा टेकुबाट खटिएको प्रहरीको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्राउ गर्न गोली चलाएको हो। 

पक्राउ गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीसँगको गुरुङको जम्काभेट भएपछि उनलाई पक्राउ गर्न दुई राउण्ड गोली फायर गरिएको थियो।

महाशाखाका प्रमुख एसएसपी सकहुलबहादुर थापाले गुरुङलाई समात्ने क्रममा प्रहरीले गोली चलाएको पुष्टि गरे। उनका अनुसार घाइते गुरुङलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। 

निर्माण व्यवसायीलाई धम्की दिएर गुरुङले पैसा असुली गर्ने गरेको उजुरी प्रहरीकोमा परेको थियो। उजुरी परेपछि प्रहरीले गुरुङको खोजी गरिरहेको थियो। 
 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, भदौ २७, २०७६