Kathmandu Press

राष्ट्रिय युवा संघको एकीकृत नेतृत्वद्वारा कार्यभार ग्रहण

काठमाडौं, भदौ २६ः नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको एकीकृत नेतृत्वले सपथग्रहण गरी नेतृत्व सम्हालेका छन् । 

पदभार ग्रहणसँगै साविक एमाले र मा....

राष्ट्रिय युवा संघको एकीकृत नेतृत्वद्वारा कार्यभार ग्रहण
काठमाडाैंप्रेस

काठमाडौं, भदौ २६ः नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको एकीकृत नेतृत्वले सपथग्रहण गरी नेतृत्व सम्हालेका छन् । 

पदभार ग्रहणसँगै साविक एमाले र माओवादी केन्द्रको एकतापछि पार्टीका मुख्य एक भगिनी संगठन– वाईसीएल र युवा संघको एकता प्रक्रिया पूरा भएको छ ।

साविक माओवादीकेन्द्रको मुख्यालय, पेरिसडाँडा (कोटेश्वर) मा संगठनका इञ्चार्ज महेश बस्नेतले संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेललाई सपथग्रहण गराएका हुन् । आजै अपरान्ह आयोजित एक समारोहमा संगठनात्मक कार्यालय उद्घाटनलगत्तै पदभार ग्रहण पनि गरेका छन् । 

 पदभार ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै स‌ंयाेजक दीपशिखाले हिजोको जस्तो टायर बाल्ने आन्दोलनमा नलागी देश समृद्धि गर्ने आन्दोलनमा युवा जुट्ने बताए । उनले देशलाई रोजगारी, समृद्धि र विकास चाहिएको भन्दै अबका युवाले त्यस्तो व्यवस्था ल्याएरै छाड्ने उद्घोष गरे ।

उनले केही वर्षभित्रै राष्ट्रिय युवा संघले विदेशबाट रोजगारीका लागि गएका युवाहरु स्वेदश फिर्ता गर्नेसमेत दाबी गरे । उनले भने, ‘यो देशलाई चाहिएको समृद्धि हो, यो देशलाई चाहिएको विकास हो, यो देशलाई चाहिएको रोजगारी हो, विदेशबाट रोजगारीमा गएका युवाहरु फर्कारहेको युवा संघलाई केहि वर्ष भित्र तपाईंहरुले भेट्नु हुनेछ ।’

संयोजक दीपशिखाले भने, ‘पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीले भने जस्तै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने दिशामा युवाहरु अगाडि बढ्नेछन्, अब युवाहरुले टायर बाल्नेछैनन्, अब युवाहरुले जुलुस निकाल्दैनन् ।’ अबकाे युवाहरु समृद्धि र देशको विकासका लागि स्वरोजगार हुने दिशामा अगाडि बढ्ने उनले बताए ।

हिजाे मात्र संयोजक रामप्रसाद सापकोटा 'दीपशिखा' र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरी सार्वजनिक गरेको निर्णयअनुसार, ३३५ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको थियोे । त्यसका लागि मातृपार्टी– नेकपासँग अनुमति मागेको छ ।  

केन्द्रीय समितिको एकतिहाई बराबर १११ सदस्यीय सचिवालय बनाइने भएको छ । सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ रहने छन् । सात प्रदेशमध्ये तीनमा साविक वाइसिएल नेपाल र चार वटामा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, भदौ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्