Kathmandu Press

ओली र प्रचण्ड कम्युनिष्टलाई सिध्याउने मुकुण्डोधारी हुन्ः  सिपी गजुरेल 

काठमाडौं, भदौ २७ : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट नै भन्न न....

ओली र प्रचण्ड कम्युनिष्टलाई सिध्याउने मुकुण्डोधारी हुन्ः  सिपी गजुरेल 

काठमाडौं, भदौ २७ : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट नै भन्न नमिल्ने टिप्पणी गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भूतपूर्व कम्युनिष्ट भइसकेको बताए।

उनले भने,‘ओली–प्रचण्ड भूतपूर्व कम्युनिष्ट हुन्, अहिले होइनन्। उनीहरु कम्युनिष्टलाई सिध्याउन तयार भएका कम्युनिष्टको मुकुण्डोधारी हुन्।’ 

उनले नेकपा र कांग्रेस पार्टीमा केही कुरामा पनि फरक नरहेको बताए। ‘अहिलेको सत्ताधारी पार्टी नेकपा लोकतान्त्रिक भनिने कांग्रेस पार्टीभन्दा के कुरामा फरक छ र? त्यसलाई हामीले किन कम्युनिष्ट मान्नु?,’ उनले भने।
 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, भदौ २७, २०७६