Kathmandu Press

तामाङ मातृभाषा खुला कविता प्रतियोगितामा रूपक तामाङ प्रथम

तामाङ मातृभाषा खुला कविता प्रतियोगितामा रूपक तामाङ प्रथम

काठमाडौं, माघ १६ : तामाङ मातृभाषा खुला कविता प्रतियोगितामा रूपक तामाङ प्रथम भएका छन् ।

नेपाल तामाङ विद्यार्थी घेदुङको २८औं स्थापना दिवस र सोनाम ल्होछार-२०७८ का अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा मिथिला स्याङ्तान द्वितीय र कविराज तामाङ र्ततीय स्थानमा पर्न सफल भएका छन्। सान्त्वना पुरस्कार भने कविराज तामाङले प्राप्त गरे।

Hardik ivf

प्रतियोगितामा प्रथम, द्वितीत, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः १५ हजार, १० हजार, ५ हजार २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यही माघ २० गते घेदुङको घेदुङको कार्यालयबाट पुरस्कृतलाई नगद तथा पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ।

विद्यार्थी घेदुङको आयोजना र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको व्यवस्थापनमा भर्चुअल माध्यमबाट शनिबार कविता वाचन सम्पन्न भएको थियो। प्रतियोगिताका लागि २० वटा कविता छनोटमा परेका थिए।

प्रतियोगितामा वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष कुमार घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, तामाङ घेदुङका महासचिव बाबु घिसिङ, सचिव सन्चु ब्लोनलगायतको उपस्थिति थियो।

‘शिक्षा र तामाङ संस्कृति’ शीर्षक राखिएको उक्त कविता प्रतियोगितामा निर्णायक मण्डलमा कवि तथा भाषाविद् अजितमान तामाङ, कवि तथा लेखक बिना थिङ तामाङ, कवि तथा सञ्चारकर्मी राजु स्याङ्तान र किराँत राई विद्यार्थी संघका अध्यक्ष जितेन राई थिए।

 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्