सुनको मूल्यमा गिरावट
काठमाडौं, भदौ २७ : शुक्रबारसम्म सुनको मूल्य घटेर ७० हजार ६ सयमा कारोबार भएको छ।
बिहीबार छापावाल सुनको मूल्य ७० हजार आठ सय रहेकोमा दुई सय रुप....

काठमाडौं, भदौ २७ : शुक्रबारसम्म सुनको मूल्य घटेर ७० हजार ६ सयमा कारोबार भएको छ।
बिहीबार छापावाल सुनको मूल्य ७० हजार आठ सय रहेकोमा दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि दुई सय रुपैयाँ घटेको छ। प्रतितोला दुई सयले घट्दै ७० हजार तीन सयमा कारोबार भएको छ।
बिहीबार प्रतितोला आठ सय ७५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँ घटेर प्रतितोला आठ सय ७० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, भदौ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)