Kathmandu Press

एटीएम ह्याक प्रकरण : विदेशबाट पैसा पठाउने व्यवस्था गर्न निर्देशन

काठमाडौं, भदौ २७ : नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)लाई राष्ट्र बैंकले आफ्नो सञ्जालनमा रहेका बैंकका कार्ड बाहकलाई विदेशबाट वैकल्पिक माध्यमको प....

एटीएम ह्याक प्रकरण : विदेशबाट पैसा पठाउने व्यवस्था गर्न निर्देशन

काठमाडौं, भदौ २७ : नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)लाई राष्ट्र बैंकले आफ्नो सञ्जालनमा रहेका बैंकका कार्ड बाहकलाई विदेशबाट वैकल्पिक माध्यमको प्रयोग गरी रकमान्तर गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

नेप्सको स्विचिङ सेवा भदौ १८ देखि अवरुद्ध रहेकाे छ। राष्ट्र बैंकले बैंकहरूका सेवाग्राहीलाई पुनः संचालन नहुँदासम्म वैकल्पिक माध्यमबाट पैसा पठाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

चिनियाँ ह्याकरहरुको नेपाली बैंकका एटिएम ह्याक गरेर पैसा चोरेसँगै नेप्सको होस्टिङ र स्विचिङ सेवा बन्द गरिएको छ।

बैकल्पिक माध्यमको प्रयोग गरी विदेशबाट पैसा पठाउँदा भुक्तानी गरिएको कार्डको सीमा घटाउनु पर्ने र बैकल्पिक माध्यमको प्रयोग गर्दा अतिरिक्त शुल्क लिन नपाउने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

कार्डवाहकको निवेदनलाई आधार मानेर सम्बन्धित व्यक्ति वा संस्थाको विदेशस्थित बैंकको खातामा रकमान्तर हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।

बैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा सात दिनभित्र पठाई सक्न समेत निर्देशन दिएको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, भदौ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्