Kathmandu Press

पहिरोमा दुई जीप पुरिए, चालकको मृत्यु, पाँच यात्रु घाइते

पाल्पा, भदौ २७ : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकास्थित दोभान हेडबक्सनजिकै खसेको पहिरोमा दुई सवारी साधन पुरिएका छन्। शुक्रबार बिहान....

पहिरोमा दुई जीप पुरिए, चालकको मृत्यु, पाँच यात्रु घाइते

पाल्पा, भदौ २७ : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकास्थित दोभान हेडबक्सनजिकै खसेको पहिरोमा दुई सवारी साधन पुरिएका छन्। शुक्रबार बिहान सवारी साधन पुरिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

पहिरोले पुरिँदा जीप चालक कमल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीपमा सवार अन्य पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट बुटवलतर्फ गइरहेको लु २ च ५९३८ नम्बरको जीप पहिरोमा पुरिएका हुन्। दुवै जीपमा सवार पाँच जना घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि बुटवल लगिएको छ।

पहिरो आएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। दुवैतिर सवारी साधन र यात्रुलाई रोकिएका छन्।

प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, भदौ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्