विप्लव कार्यकर्ताद्वारा वडा कार्यालय र वडाध्यक्षकाे गाडीमा आगजनी
महेन्द्रनगर, भदौ २७ : नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले वडा कार्यालय र वडाध्यक्षको गाडीमा आगजनी गरेका छन्।
<....
महेन्द्रनगर, भदौ २७ : नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले वडा कार्यालय र वडाध्यक्षको गाडीमा आगजनी गरेका छन्।
गएराति कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा आगजनी गरिएको छ। प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा आगजनी गरिएको हो।
आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगजनी गरिएको स्थलमा नेकपाको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
त्यस्तै, शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा पनि आगजनी गरिएको छ। उनको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो।
शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको उनले बताए।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ,’ उनले भने।











-1784808429.png)