योग्यता नपुगेका गिरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त
काठमाडौं, भदौ २७ : सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ।
डा.गिरीको शैक्षिक योग्यता नपुगेको ....

काठमाडौं, भदौ २७ : सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ।
डा.गिरीको शैक्षिक योग्यता नपुगेको संचार माध्याममा आएपनि त्यसलाई बेवास्ता गर्दै सरकारले अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरीलाई उपाध्यक्ष बनाएको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा डा. सुरेन्द्र शेरचन, डा. शम्भु कुमार पहारी र डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा परेका थिए । उनीहरु तीनै जनाको ऐनले तोकेको मापदण्ड अनुसारको स्नातकोत्तरपछिको २० बर्ष सेवा गरेको अवधि पुग्दैन । डा.गिरीले त स्नातकोत्तर समेत गरेका छैनन्।
स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको वलवुतामा गिरी उपाध्यक्ष बन्न सफल भएका हुन्।











-1784808429.png)