Kathmandu Press

व्यंग्यकार नरनाथ लुइँटेललाई २०७८ सालको भैरव पुरस्कार

व्यंग्यकार नरनाथ लुइँटेललाई २०७८ सालको भैरव पुरस्कार

काठमाडौं माघ १५ : २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई दिइने भएको छ।

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार गुठीले दिन लागेको यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

गुठीले अन्य पुरस्कार पाउनेको नाम पनि सार्वजनिक गरेको छ। जसमा भैरव वाङ्मय पुरस्कार भने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने जनाइएको छ। उक्त पुरस्कारको राशि पनि १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ।  पहिलो पटक घोषणा गरिएको यो पुरस्कार यसै वर्षबाट दिन लागिएको गुठीले जनाएको छ। 

नेपाली कला, साहित्य, संस्कृति, संगीत, पत्रकारितालगायत क्षेत्रमा विशिष्ट योगदान दिनेलाई बर्सेनि प्रदान गरिने गुठीको भनाइ छ। त्यस्तै ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीले पाउने भएका छन्।

पुरस्कार पाउनेहरुको नाम छनोटका लागि गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति बनाएको थियो।

कोरोना कहर कम हुनेबित्तिकै औपचारिक कार्यक्रम आयोजना गरेर यी पुरस्कारहरू प्रदान गरिने गुठीले जनाएको छ।

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्