प्रतिमाले ल्याइन् ‘संसारको चाल’

काठमाडाैं, माघ १५ : गायिका प्रतिमाले केसीले नयाँ गीत संसारको चाल बजारमा ल्याएकी छिन् । आहा टिभी मार्फत बजारमा आएको गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन्।
प्रतिमा र रागको स्वरका रहेको गीतमा शब्द/संगीत सिएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन्।
वित्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माले अभिनय गरेका छन्। दिनेश पराजुलीले खिचेको भिडियोलाई अमृत चापागाईंले इडिट गरेका हुन्।
प्रतिमाले यसअघि भन्देउ हजुर, माया लाइसको, लजाएर लुकी लुकीलगायत गीत ल्याइसकेकी छिन्।
हेर्नुहाेस् भिडियाे
प्रकाशित मिति: १२:०३ बजे, शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












