Kathmandu Press

इण्डो प्यासिफिकबारे सरकारले भन्यो- पूर्ववत् मान्यतामा विचलन आएको छैन

काठमाडौं, भदौ २६ : सरकारले इण्डो प्यासिफिकबारे आफ्नो पूर्ववत् मान्यतामा विचलन नआएको प्रष्ट पारेको छ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय....

इण्डो प्यासिफिकबारे सरकारले भन्यो- पूर्ववत् मान्यतामा विचलन आएको छैन
फाइल

काठमाडौं, भदौ २६ : सरकारले इण्डो प्यासिफिकबारे आफ्नो पूर्ववत् मान्यतामा विचलन नआएको प्रष्ट पारेको छ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले इण्डो प्यासिफिक मामिलामा सरकारको पूर्ववत मान्यतामा कुनै पनि परिवर्तन र विचलन नआएको स्पष्ट पारेका हुन्।

‘नेपाल सरकारको आफ्नो पूर्ववत् मान्यतामा कुनै पनि परिर्वतन  वा विचलन आएको छैन,’ उनले भने। इण्डो प्यासिफिकका विषयमा सत्तासीन दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाका विरुद्धमा अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले सरकारको जवाफ माग गरेको भन्नेबारे सोधिएको प्रश्नमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सरकारले आपसी हितका विषयमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसँग सरकारले व्यवहार गर्ने स्पष्ट पारेका हुन्।

‘इण्डो प्यासिफिक वा बीआईआरका सम्बन्धमा होस् वा स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ,’ मन्त्री बाँस्कोटाले भने,‘ सरकारको पूर्ववत मान्यतामा कुनै पनि विचलन आएको छैन।’

उनले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसँग व्यवहार गर्ने पनि स्पष्ट पारे। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, भदौ २६, २०७६