‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, माघ १४ : पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक प्रदीप लामाले स्वरमा साथ दिएका छन्। शेर्पाको...
काठमाडौं, माघ १४ : पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक प्रदीप लामाले स्वरमा साथ दिएका छन्।
शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्।
सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको छ ।
प्रकाश वाइबा तामाङले भिडियो खिचेका हुन् । राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ । रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
निर्माण समूहले यस गीतको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












