Kathmandu Press

विप्लव समूहसँगको मुठभेडमा मारिएका सञ्जीव राई सहिद घोषित

काठमाडौं, भदौ २६ : सरकारले भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको समूह र प्रहरीबीच भएको मुठभेडमा मारिएका प्रहरी जवानल....

विप्लव समूहसँगको मुठभेडमा मारिएका सञ्जीव राई सहिद घोषित
फाइल

काठमाडौं, भदौ २६ : सरकारले भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको समूह र प्रहरीबीच भएको मुठभेडमा मारिएका प्रहरी जवानलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदका पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा विप्लव समूह र प्रहरीबीच भएको गोली हानाहानमा परी ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सहिद घोषणासँगै मृतक राईलाई परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री बाँस्कोटाले बताए। गत असार २५ गते भोजपुरको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो। 

मुठभेडमा प्रहरी जवान राई र एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको थियो।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्