Kathmandu Press

ब्राजिललाई बराबरीमा रोक्यो इक्वेडरले 

काठमाडौं, माघ १४ : फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले...
ब्राजिललाई बराबरीमा रोक्यो इक्वेडरले 

काठमाडौं, माघ १४ : फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । 

इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए।

खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड खाएपछि इक्वेडर १० खेलाडीमा सीमित भयो।

खेलको २० औं मिनेटमा डिफेन्डर इमरसन रोयलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि ब्राजिल पनि १० खेलाडीमा समेटिएको थियो ।

७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो। ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ। इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: ०८:१५ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्