Kathmandu Press

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि खुल्ने

काठमाडौं, भदौ २६ : दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ। 

बिहीबार बसेको यातायात व्यवस्था विभाग र  ....

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि खुल्ने

काठमाडौं, भदौ २६ : दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ। 

बिहीबार बसेको यातायात व्यवस्था विभाग र  यातायात व्यवसायीको संयुक्त बैठकले दशैंका लागि बसको अग्रिम टिकङ बुकिङ असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको प्रवक्ता तीर्थराज खनालले जानकारी दिए।

‘बसको अग्रिम टिकट बुकिङ असोज खुलाउने विषयमा सहमति भएको छ। सहमति अनुसार असोज ५ गतेदेखि बुकिङ खुल्नेछ,’ उनले भने।

दशैं मान्न घर फर्किनेहरुको चाप बढ्ने भएकाले चाडवाडका समयमा यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउने गर्दछन्। यस वर्षको दशैंको टीका असोज २१ गते परेपनि दशैं मनाउन घर फर्किनेको भीड घटस्थापनादेखि नै लाग्ने गर्दछ।

यो पटक दशैंमा  नयाँ यातायात भने थपिएको छैन। हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।
 

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्