काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक

काठमाडाैं, माघ १३ : काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ।
प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ।
रमाइलो शैलीको गीतको भिडियोलाई शिव विकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही, रेशम फिरिरी, सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ।
शिव न्यौपानेको छायांकन, पदम सुबेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो।
प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












