Kathmandu Press

'लोकसेवामाथि प्रश्न उठाएर सडकमा किन आन्दोलन उठ्यो ?'

काठमाडौं, भदौ २६ः नेकपाकी सांसद् नवीना लामाले समावेशी लोकतन्त्रमा पनि निष्पक्ष संस्था लोकसेवा आयोगका कामबारे प्रश्न उठाएर सडक आन्दोलन किन भयो भनी प्रश....

'लोकसेवामाथि प्रश्न उठाएर सडकमा किन आन्दोलन उठ्यो ?'
काठमाडाैंप्रेस

काठमाडौं, भदौ २६ः नेकपाकी सांसद् नवीना लामाले समावेशी लोकतन्त्रमा पनि निष्पक्ष संस्था लोकसेवा आयोगका कामबारे प्रश्न उठाएर सडक आन्दोलन किन भयो भनी प्रश्न गरेकी छिन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् लामाले यस्तो प्रश्न उठाएकी हुन् । ‘लोकसेवा आयोग विश्वासिलो जिम्मेवार संस्थाका रूपमा उदाहरणीय छ’, उनले प्रश्न गरिन्, ‘ आज परीक्षा प्रणालीमा किन विभेद भयो ? लोकसेवामाथि प्रश्न उठाएर आज सडकमा किन यत्रो आन्दोलन उब्जियो ?’ 

नेपाली समाज बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको हुनाले समावेशी लोकतान्त्रिक गणतन्त्रमा स्वाभाविक रूपमा हिजोभन्दा फरक हुनुपर्ने उनले बताइन् । ‘लोकसेवा नयाँ संविधानको मर्मअनुरुप नै अघि बढ्नुपर्छ’, उनले भनिन् ।  

‘हिजो राजतन्त्र थियो तर आज गणतन्त्रलाई संस्थागत गर्ने सिलसिलामा तीन तहको सरकार छ’, उनले भनिन्, ‘हिजो खास जाति, वर्ग र धर्मका मान्छेहरू राजामहाराजा थिए, आज ती राजा महाराजाको ठाउँमा शासनसत्ताको नेतृत्व गरिरहेको छ।’ 

सांसद् लामाले लोकसेवा आयोगलाई लाई विश्वासिलो र व्यवस्थित बनाउन नयाँ विधेयक बनाइरहेको बताउँदै भनिन्, ‘फेरि पनि कुनै जाति र समुदायले आन्दोलन ग¥यो भने लोकतन्त्रको के रहन्छ ? लोकसेवा आयोगले साझा र समावेशितालाई आत्मसात गर्न सक्नुपर्छ ।’ 
 

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्