'डेंगुबारे अमेरिकी सरकारले बोल्यो, नेपालको मन्त्री खोई ?'
काठमाडौं, भदौ २६ः नेकपा सांसद् कृष्णगोपाल श्रेष्ठले डेंगु रोगबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सत्ता पक्षक....

काठमाडौं, भदौ २६ः नेकपा सांसद् कृष्णगोपाल श्रेष्ठले डेंगु रोगबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सत्ता पक्षका सांसद् श्रेष्ठले सरकारको धारणा माग गरेका हुन् ।
‘डेंगु डेंगु डेगु भनेर कराउँदा कराउँदै थाकिसकियो, डेंगुको सवालमा सरकार बोल्दैन’, सांसद् श्रेष्ठले भने, ‘अमेरिकाको सरकारले बोलिदियो– अमेरिकीहरू, नेपालमा डेंगु आतंक छ, नजानू । भएका अमेरिकी नागरिकहरू, नेपालमा सचेत रहनू । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’
उनले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘मन्त्री डेंगुपीडित । आँखारोग विशेषज्ञ सन्दुक रुइत डेंगुपीडित । हामीमध्ये को को कति जनालाई डेंगु भएपछि सरकारको ध्यान जाने हो ? सभामुखले स्वास्थ्यमन्त्रीलाई तत्काल रुलिङ होस्, डेंगुबारे सरकारको आधिकारिक धारणा के हो ?’
श्रेष्ठले प्रश्न गरे, ‘कसरी लाग्छ, उपचार कसरी गर्ने ? मरेकालाई के गर्ने ? सरकारको आधिकारिक धारणा ल्याइयोस्, होइन भने मेरो विरोध रहनेछ ।’











-1784808429.png)